मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु

प्रकाशित:

कपिलवस्तु।  बिहानको शान्त वातावरण एकाएक शोकमा परिणत भयो जब मर्निङ वाकमा निस्किएका दुई महिलालाई तीव्र गतिमा आएको कारले ठक्कर दिँदा उनीहरूको ज्यान गयो।

शुक्रबार बिहान करिब ५ः४५ बजे बुद्धभूमि नगरपालिका–१ वसन्तपुरस्थित गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको उपचारका क्रममा बाटोमै मृत्यु भएको हो। दुवैजनालाई तत्कालै कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने प्रयास गरिएको थियो।

कार चालक सैनामैना नगरपालिका–५, रुपन्देहीका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार