एमाले बैतडी सचिवालय सदस्य तथा पूर्व गाउँ अध्यक्ष बिष्ट माओवादी प्रवेश

प्रकाशित:

महेन्द्रनगर ।  बैतडीको राजनीतिक वृत्तमा नयाँ तरंग ल्याउँदै नेकपा (एमाले) का सचिवालय सदस्य काशीसिंह बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बिष्ट पूर्व दोगडाकेदार गाउँपालिका गाउँ कमिटी अध्यक्ष समेत रहेका  नेता हुन्। उनी बुधबार कञ्चनपुरमा आयोजित ‘तराई–मधेस जागरण अभियान’को समापन कार्यक्रममा औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरे।

विशेष समारोहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिष्टलाई पार्टी प्रवेशको प्रतीकस्वरूप टीका लगाएर स्वागत गरे।

ताजा समाचार

सम्बन्धित समाचार