दोधारा चाँदनी नगरपालिका वडा नं-१ मा एक दर्जन कृषक समूहलाई मौसमी तथा वेमौसमी तरकारी बीउ वितरण

प्रकाशित:

दोधारा चाँदनी । स्थानीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्दै किसानहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिका–१ नं वडा कार्यालयले एक दर्जन कृषक समूहहरूलाई मौसमी तथा वेमौसमी तरकारी बीउ वितरण गरेको छ।

वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कृषक समूहहरूलाई करेला बैगन, भिण्डी, लौका, खुर्सानी, फर्सी, तोरया, बोडी लगायतका उन्नत जातका बीउ प्रदान गरेको हो ।

बीउ वितरण कार्यक्रमको उद्घाटन गर्दै वडा अध्यक्षले स्थानीय किसानहरूको उत्पादन वृद्धि गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उनका अनुसार, कृषक समूहहरूलाई संगठित गर्दै आधुनिक प्रविधि अपनाउने अवसर दिन सकिए कृषि उत्पादनमा गुणात्मक सुधार आउने विश्वास गरिएको छ।

कृषक समूहका प्रतिनिधिहरूले वडा कार्यालयको यस सहयोगप्रति धन्यवाद व्यक्त गर्दै स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै आयआर्जनमा योगदान पुर्याउने लक्ष्य रहेको बताए। उनीहरूले यस्ता योजनाले स्थानीय बजारको माग पूर्ति गर्दै किसानहरूको आर्थिक स्थितिमा सुधार ल्याउने विश्वास समेत व्यक्त गरे।

यस कार्यक्रमले कृषक समूहहरूलाई संगठित गर्दै स्थानीय स्तरमा कृषि क्षेत्रको मजबुतीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार