नबिल बैंकले कर्पोरेट क्रिकेट लिग जित्यो, लगातार दोस्रो पटक च्याम्पियन

प्रकाशित:

कञ्चनपुर । महेन्द्रनगरमा सम्पन्न कर्पोरेट सुपर सिक्स क्रिकेट लिग २०८१ को उपाधि नबिल बैंकले जितेको छ । हिजो शनिवार सम्पन्न उपाधि भिडन्तमा भीमदत्त नगरपालिकालाई ४ विकेटले हराउदैं नबिल बैंक च्याम्यिन भएको हो ।

नबिल बैंक प्रतियोगितामा अपराजित रहदैं च्याम्पियन बनेको नबिल बैंकका कप्तान गोकर्णसिंह विष्टले बताए ।उपाधिसंगै नबिलले ८८ हजार आठ सय ८८ र ट्रफी हात पार्यो । भीमदत्तले ४४ हजार चारसय ४४ मा जित्त हात पार्यो ।
यो संगै नबिलले लगातार दोस्रोपटक कर्पोरेट क्रिकेट लिगको उपाधि हात पारेको नबिल बैंकका टिम व्यवस्थापक विनोदकुमार भट्टले बताए।

गत वर्ष पनि नबिल बैंक च्याम्पियन भएको टिम प्रशिक्षक निरञ्जनप्रशाद अवस्थीले बताउए।महेन्द्रनगरस्थित कभर्डहलमा भीमदत्तले दिएको ५८ रनको लक्ष्य नबिल बैंकले पाँच दशमलव दुई ओभरमा एक विकेटको क्षतीमा भेट्टायो ।जसमा गणेश बहादुर धामीले सर्वाधिक २६ ,निरज भट्टले २१ रनको योगदान गरे ।

बलिङतर्फ भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे ।त्यसअघि टस हारेर ब्याटिङ्गको निम्ता पाएको भीमदत्तले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । उसका विरेन्द्र सार्कीले सर्वाधिक ३०, हेमन्त प्वालीले १७ रन जोडे ।नबिलका निरज भट्टले दुई र राजिब भट्टले एक विकेट झारे ।अलराउन्डर प्रदर्शन गरेका नबिलका निरज भट्ट म्यान अफ द फाइनल बनेका स्कोरर नरेन्द्रप्रसाद भट्टले बताए ।

यसैबीच नबिल बैंकका गणेशबहादुर धामी सर्वोत्कृष्ट खेलाडी चुनिदै पाँच हजार पाँच सय ५५ रुपैंया पुरस्कार पाए । बिलकै राजिब भट्ट उत्कृष्ट बलर घोषित हुँदै तीन हजार तीनसय ३३ पुरस्कार पाए ।उत्कृष्ट ब्याटर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी एनएमबी बैंकका हिम्मत सिंह खाती भए ।हिम्मतले उत्कृष्ट ब्याटरवाफत तीनहजार तीनसय ३३ र सर्वाधिक छक्कावाफत दुई हजार दुई सय २२ रुपैंया पुरस्कार पाए ।

प्रतियोगिताका विजेता उपविजेतालगायतका खेलाडीलाई नेकपा एमालेका कञ्चनपुरका ईञ्चार्ज निरुदेवी पाल, कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द,सुदूरपश्चिम प्रादेशीक क्रिकेट संघका सचिव लक्ष्मण भट्ट,सदस्य आशिष खत्रीलगायतले पुरस्कार वितरण गरे।कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १६ गतेदेखी सुरु भएको प्रतियोगितामा २० टीमको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार