सुदूरपश्चिममा स्ववियु निर्वाचन: प्रारम्भिक नतिजामा नेविसंघ अग्रस्थानमा

प्रकाशित:

महेन्द्रनगर ।  सुदूरपश्चिम प्रदेशका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

प्रारम्भिक नतिजाअनुसार नेपाल विद्यार्थी संघ (नेविसंघ) १४ क्याम्पसमा विजयी हुँदै पहिलो स्थानमा रहेको छ। त्यसैगरी, अखिल (क्रान्तिकारी) ९ क्याम्पसमा विजयी हुँदै दोस्रो स्थानमा, (अनेरास्ववियु)८ क्याम्पसमा जित निकाल्दै तेस्रो स्थानमा रहेको छ।

प्रदेशभरका क्याम्पसहरूमा उत्साहजनक रूपमा सम्पन्न निर्वाचनको अन्तिम नतिजा आउन भने बाँकी छ। हाल वैतडीको पुर्चौंडी क्याम्पसको मात्र मतगणना बाँकी रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार