खेलकुदमा डेढ दशकको अनवरत सक्रियताः सदस्य सचिवको प्रवल दाबेदार सिंह

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर एवं सुदूरपश्चिमकै खेलकुदको क्षेत्रमा अग्रस्थानमा आउने नाम हो, ज्ञानेन्द्र बहादुर सिंह । उनि डेढ दशक भन्दा लामो अवधि देखि खेलकुद क्षेत्रमा सक्रिय छन् ।

कञ्चनपुर स्थायी घरभएका सिंह सुदूरपश्चिमको खेलक्षेत्रको हस्तीका रुपमा समेत परिचित छन् । अहिले सिंहको नाम चर्चामा आउनुको मुख्य कारण हो– सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको आगामी नियुक्ति ।

सुदूरपश्चिममा २०७७ फागुन २८ गतेको मन्त्रीपरिषद बैठकबाट प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नियूक्त भएका दिपक बहादुर सिंहको चार वर्षे कार्यकाल सम्पन्न भएको छ ।

दिपक बहादुर सिंहको कार्यकाल सम्पन्न भएपछि अहिले खेलकुद क्षेत्रमा डेढ दशक देखि अनवरत खटिएका व्यक्तित्व ज्ञानेन्द्र बहादुर सिंहको नाम चर्चामा आएको छ ।

सिंह नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश समिति सदस्य समेत हुन् । खेलकुद संगै नेपाली कांग्रेसको राजनीति गर्दै आएका ज्ञानेन्द्र सशक्त विकास प्रेमी युवा नेता हुन् ।

सदस्य सचिव दिपक सिंहको चार वर्षे कार्यकाल पुरा भएपछि राजनीतिक दलहरुले समेत उक्त पदको नियुक्तिलाई विशेष चाँसो दिएका छन् । सत्ता साँझेदार दलहरु उक्त नियुक्तीलाई विशेष चाँसो सहित लविङमा लागेका छन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पदको नियुक्तिका लागि सत्ता साँझेदार दलसंग आवद्ध खेलप्रेमी व्यक्तित्वहरु आन्तरिक लविङमा छन् । जसका लागि कञ्चनपुरका युवा नेता ज्ञानेन्द्र बहादुर सिंह प्रवल दाबेदार हुन् ।

सदस्य सचिव नियुक्ति प्रक्रिया र योग्यताः
खेलकुद ऐन २०७६ अनुसार परिषद गठनका प्रक्रियामा सदस्य सचिवको चार वर्षे कार्यकाल रहने व्यवस्था छ । ऐनको दफा ३ अनुसार परिषद गठनका लागि सामाजिक विकास मन्त्री वा राज्यमन्त्री वा सहायक मन्त्री अध्यक्ष रहने छन ।

अध्यक्षको सिफारिसमा प्रदेश सरकारले नियूक्त गरेको व्यक्ति सदस्य सचिव रहने छ, भने प्रदेश स्तरमा रहेका खेलकुदसम्बन्धी दर्ता भएका संघ, संस्थाहरुबाट मन्त्रालयले मनोनित गरेका कम्तीमा एक जना महिलासहित तीन जना सदस्य रहने छन ।

नयाँ सदस्य सचिव बन्नका लागि मुख्य गरी ५ योग्यता तोकिएको छ । ३० वर्ष पूरा भएको र ५५ वर्ष ननाघेको, नेपाली नागरिक, खेलकुद क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । साथै प्रचलित कानुनले अयोग्य घोषित नगरेको र स्वच्छ छवि भएको हुनुपर्ने प्रावधान छ ।

सोहि अनुसार सदस्य सचिव सिंहको कार्यअवधि यहि चैत्र ७ गते पुरा हुँदैछ ।

खेलप्रेमी नेता ज्ञानेन्द्रको यात्राः
बालकालदेखि नै खेलकुद प्रति अगाध माया भएका ज्ञानेन्द्र डेढ दशक बढी समयदेखि खेलकुदका क्षेत्रको समग्र विकास र स्तरोन्नतीकालागि अनवरत छन् ।

सरल, भद्र, मिजाशिलो तथा अनुसाशित स्वभावका व्यत्तित्व ज्ञानेन्द्रले सुदूरपश्चिमका विभिन्न खेलकुद संग सम्बन्धित पार्टी लगायतका विभिन्न संघ– संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

सिंहले जिल्ला लङ्गटेनिस संघ कञ्चनपु्रका अध्यक्ष, नेपाल तेक्वान्दो संघ कञ्चनपुरका अध्यक्ष र कञ्चनपुरमा जिल्ला खेलकुद विकास समितिका पूर्व उपाध्यक्षको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गरिसकेका छन् ।

त्यस्तै युवा तथा खेलकुद प्रेमी नेता सिंहले दुई दशक बढी लामो समयदेखि नेपाली कांग्रेसको राजनीति संग समेत आवद्ध रहेर पार्टीका विभिन्न खेलकुद विभाग एवं पदहरुको जिम्मेवारी बहन गरिसकेका छन् ।

उनि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्यका अलवा पार्टीको युवा तथा खेलकुद विभागका प्रदेश संयोजक समेत हुन् ।

खेलकुदकै शिलसिलामा नेता सिंहले छिमेकि राष्ट्र भारत, चिन हुँदै रसिया, जर्मनी, फिनल्यान्ड कतार लगायतका दर्जनौं देशहरुको अनुभव बटुलेका छन् । उनि जिल्ला देखि प्रदेश तथा केन्द्र सम्म खेलकुद संग सम्बन्धित संघ–संस्थाहरुमा सल्लाहकारको भूमिका सोत निर्वाह गर्दै आएका व्यक्ति हुन् ।

खेलकुद क्षेत्रमा लामो अनुभव तथा कौशलता राख्ने ज्ञानेन्द्र बहादुर सिंह सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको प्रवल दाबेदार हुन् । युवा खेलकुद प्रेमी नेता सिंहको उर्जा र अनुभवले सुदूरपश्चिमको खेलकुद क्षेत्रलाई नयाँ दिशा तर्फ डोर्याउने खेलकुद बुझेकाहरु बताउछन् ।

पार्टीले पनि सिंह जस्ता युवा नेताहरुलाई योग्यता र कार्य क्षमताका आधारमा अगाडी बढाउनु पर्ने तथा जिम्मेवारी दिनुपर्ने दवाव बढिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार