महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मा विपन्न समुदायकालागि गरिएको ३ महिने बैण्डबाजा सम्बन्धि तालिम पश्चात सामग्री हस्तान्तरण गरेको छ ।

भीमदत्त–१७ को वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको ३ महिने बैण्डबाजा बजाउने सम्बन्धि तालिम पुरा गरेपश्चात सामग्री हस्तान्तरण गरिएको वडाध्यक्ष पदम बुडाले बताए ।

विपन्न समुदायका १० जनालाई वडाले तिन महिने तालिम दिएको हो । तालिम पश्चात शनिवार भीादत्त–१७ को वडा कार्यालयमै उनिहरुलाई बैण्डबाजाका सामग्रीहरु वितरण गरिएको वडाध्यक्ष बुडाले बताए ।

विपन्न वर्गका युवाहरुलाई स्वरोजगार एवं विदेशिनु पर्ने बाध्यतालाई मध्यनजर गर्दै भीमदत्त–१७ को वडा कार्यालयले बैण्डबाजा सम्बन्धि ३ महिने तालिम एवं सामग्री हस्तान्तरण गरेको हो ।
वडामा रहेका विपन्न वर्गका युवाहरुलाई विदेश जानबाट रोक्न र नेपालमै स्वरोजगार बन्नका लागि प्रेरित गर्न वडा कार्यालयले उक्त तालिम पश्चात आवश्यक सामग्री हस्तान्तरण गरेको वडाध्यक्ष बुडाले बताए ।
यहि फागुन २८ गतेदेखि वडाबाट तालिम प्राप्त समुहले विवाह बुकिङको काम समेत पाएको हुँदा परिणाममुखी भएको उनले बताए ।