नेवि संघ कञ्चनपुरद्वारा स्ववियू लक्षित कार्यक्रममा तिव्रता, पुनर्वासको क्याम्पसमा एकाई अधिवेशन सर्वसम्मत

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ) कञ्चनपुरले स्ववियु लक्षित संगठन विस्तार कार्यक्रममा तिव्रता दिएको छ । नेविसंघले कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ को पुनर्वासमा रहेको जनता बहुमुखी क्याम्पसमा एकाइ अधिवेशन सर्वसम्मत रुपमा गठन गरिएको छ । सुशील कुवरको अध्यक्षतामा पदाधिकारी सहित १९ सदस्यीय कार्यसमिति गठन गरेको नेविसंघ कञ्चनपुरले जनाएको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य दावत तामाङ, कांग्रेसका जिल्ला कार्यसमिति सदस्य एवं तरुण दलका विभाग प्रमुख राम खड्का, जिल्ला सदस्य यज्ञ खड्का, नेपाली कांग्रेस बेल्डाडी सचिव तथा नेवि संघ कञ्चनपुरका निवर्तमान वरिष्ठ जिल्ला उपाध्यक्ष कुलैराज उपाध्याय, नेवि संघ केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका केन्द्रीय प्रतिनिधि सञ्जय अधिकारी (सञ्जु), नेपाल विद्यार्थी संघ कञ्चनपुर जिल्ला कार्यसमितिका अध्यक्ष नरेश पण्डित, जिल्ला उपाध्यक्ष सुरज भट्ट, सचिव पंकज भट्ट, जिल्ला सदस्य विशाल सिहं, मनिष चन्द, नेवि संघ जनज्योति क्याम्पसका निवर्तमान एकाई सभापति कृष्णदेव जोशी, बेलाौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसका स्ववियू सभापति निरज भण्डारी, स्ववियू उपसभापति महेन्द्र भाट र एकाई सभापति अरूण कार्की लगायतको उपस्तिथिमा जनता बहुमुखी क्याम्पस पुनर्वासमा एकाई अधिवेशनबाट सर्वसम्मत रूपमा कमिटी विस्तार गरिएको नेवि संघ जनज्योति क्याम्पसका निवर्तमान सभापति कृष्णदेव जोशीले बताए ।

नवनिर्वाचित एकाइ सभापति सुशील कुवर यस अघि २०७९ साल चैत ०५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको तर्फबाट स्ववियू सचिव पदमा उम्मेदवारी दिई अत्याधिक मतले निर्वाचित हुनु भएर पुनर्वास क्याम्पसमा विद्यार्थीका हकहितका लागि निरन्तर संर्घष गर्दै आईरहेको जनता बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थी विकास खड्काले बताए ।

त्यस्तै वेल्डाडी गाउँपालिकामा रहेको रौलेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित एकाई अध्यक्ष मोहोन जैसी र वेलौरी नगरपालिकामा रहेको महाकाली बहुमुखी क्याम्पसका नवनिर्वाचित एकाई अध्यक्ष अरुण कार्कि लाई नेविसंघ केन्द्रिय सदस्य सञ्जय अधिकारी र नेपाल विद्यार्थी संघ कञ्चनपुर जिल्ला अध्यक्ष नरेश पण्डित सहितको टोलीले बधाइ दिनुका साथै आसन्न स्ववियुको निर्वाचनमा नेविसंघको जित सुनिश्चित गर्न आवश्यक रणनीतिक विषयहरुमा छलफल भएको नेपाल विद्यार्थी संघ जनज्योति बहुमुखी क्याम्पसका एकाई सभापति पवन अवस्थीले बताए ।

नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपी उपाध्यायले अध्यक्ष नरेश पण्डित संगठनका लागी मात्र नभई सामाजिक क्षेत्रका विभिन्न स्थानमा संघर्ष गर्दै आएकोमा खुसी व्यक्त गरे । साथै आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राम्रोसँग सम्पन्न गर्नु पर्ने भन्दै शुभकामना व्यक्त गरे।

पार्टीका अग्रज नेताहरुबाट यसरी हौसला र प्रेरणा पाउँदा आफुलाई समाज सकारात्मक तर्फ परिवर्तन गर्न सधैव लाग्ने नेपाल विद्यार्थी संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले बताए ।

अध्यक्ष पण्डित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्यनरत छन । उनको नेतृत्वमा विद्यार्थी भर्ना सम्बन्धि, (क्याम्पस, कलेज, स्कुलमा विद्यार्थीका छात्रवृत्तिका लागी सम्बन्धित प्रशासन संग समन्वय) रक्तदान कार्यक्रम, वृक्षारोपण, गरिव अशक्त घर परिवारलाई खाद्यान्न वितरण, महिला हिंसा र लागू पदार्थ सेवन रोकथाम तथा न्युनिकरण सम्बन्धि कार्यक्रम र वैदेशिक रोजगारमा ठगिएका साथीहरूलाई सहयोग गरिदै आएको छ ।

स्थानीय सरकारका गलत कामका विरोधमा सधै उहाँको सकारात्मक भुमिका रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईन्जिनियर लोचन कार्कीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार