काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टिपरहरूले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिहरूको लगानी भएका टिपरहरूले कानुन मान्ने नगरेको उनको आरोप छ ।टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ ।

‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ टिप्परका उनीहरूले कानुन मान्दैनन् । टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ,’ उनले भने ।
