-दिर्घ राज ओझा ।
पुनर्बास । सब–डिभिजन बन कार्यालय कुण्डा अन्तर्गतका सामुदायिक वनहरूलाई समेट्दै वन डढेलो नियन्त्रण तथा समुदायिक वनका समस्याबारे एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रदेश सरकारका भूमि, सहकारी तथा कृषि मन्त्री माननीय वीर बहादुर थापा प्रमुख अतिथि रहनुभएको थियो। साथै, डिभिजन वन कार्यालय कञ्चनपुरका डेएफो, सब–डिभिजन कुण्डाका वन अधिकृत दिनेश कुमार यादव, वनका कर्मचारी, सामुदायिक वन समूहका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सामुदायिक वनहरूको संरक्षण, दिगो व्यवस्थापन, वन डढेलो नियन्त्रणका उपाय तथा नीति कार्यान्वयनका विषयमा गहन छलफल भयो। उपस्थित सरोकारवालाहरूले समस्याका समाधान तथा सहजीकरणका उपायहरूमाथि पनि विमर्श गरेका थिए।

कार्यक्रम सार्थक निष्कर्षसहित सफलतापूर्वक सम्पन्न भएको सब–डिभिजन कुण्डाका वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।
लालझाँडी मोहना वन संरक्षण क्षेत्र र यसअन्तर्गतका सामुदायिक वनहरू डढेलोबाट बचाउनकालागि सचेतना र जनसमुदायको सहभागिता स्थानीय बासिन्दा, वन उपभोक्ता समूह, तथा विद्यालयहरूलाई वन डढेलोको असरबारे सचेत गराउने ।
वन क्षेत्रभित्र आगो प्रयोग गर्दा सावधानी अपनाउने सम्बन्धी तालिम तथा जनचेतना कार्यक्रम सञ्चालन गर्ने।
वन क्षेत्रमा जानेलाई आगो निभाएर मात्रै फर्कन निर्देशन दिने डढेलोको उच्च जोखिम भएको समयमा वन गस्ती (पैदल वा ड्रोनमार्फत) बढाउने।वन उपभोक्ता समूह तथा स्थानीय निकायसँग समन्वय गरी स्वयंसेवक समूह गठन गर्ने।
डढेलोको प्रारम्भिक संकेत देखिने बित्तिकै तत्काल नियन्त्रणका उपाय अपनाउने यादबले बताए ।