महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय पर्यटन पर्वद्धनका लागि आयोजना गरेको ‘आठौ शुक्लाफाँटा पर्यटन महोत्सव २०८१’ अन्तर्गत सरोकारवाला निकाय संग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बुधबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयमा विदेशी पर्यटक निकुञ्ज भित्र्याउने लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

सरोकारवाला निकायका व्यक्तिहरु संग पर्यटन पर्वद्धनका लागि आवश्यक कदम, जिज्ञासा, सुझावमा छलफल तथा विज्ञद्वारा परामर्श सहित कार्यक्रम सम्पन्न भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार शाहले प्रस्तुति राखेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले गरेका थिए । भीमदत्त नगर पर्यटन समितिका उपाध्यक्ष राजेन्द्र केसीको संयोजनमा उक्त छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।