सुनचाँदीको मूल्यमा घटबढ , कतिमा भइरहेको छ कारोबार

प्रकाशित:

काठमाडौं। साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो ।

जसअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार