समाजसेवी ऐरद्वारा ७० जना अति विपन्न विद्यार्थीहरुलाई ‘स्कुल ब्याग’ वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरकी समाजसेवी चाँदनी ऐरले भीमदत्त नगरपालिका–२ मा रहेको सरस्वती माद्यमिक विद्यालयका ७० जना अति विपन्न जेहनदार विद्यार्थीहरुलाई ‘स्कुल ब्याग’ वितरण गरेकी छिन् ।

अति विपन्न परिवारका जेहनदार विद्यार्थीहरुलाई पढनपाठनमा राहत पुर्याउने उद्धेश्यले समाजसेवी ऐरले ‘स्कुल ब्याग’ वितरण गरेकी हुन् ।

May be an image of 4 people

विश्व प्रणय दिवसको अवसरमा सरस्वती माविका ७० जना अति विपन्न जेहनदार विद्यार्थीहरुलाई ‘स्कुल ब्याग’ वितरण गर्ने मौका पाएकोमा निकै खुशी भएको समाजसेवी एरे बताउछिन् ।

उक्त ‘स्कुल ब्याग’ उपलब्ध गराउनकालागि भारतको बंलोरुबाट सहयोग गर्ने शसिकान्त शर्मा र उदय किरन र सहकार्य गरेर निरन्तर समन्वय गर्नुहुने जयराज ओझा प्रति नतमस्तक रहेको उनि बताउछिन् ।

May be an image of 14 people

उक्त ‘स्कुल ब्याग’वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमराज भट्टको सभापतित्व र भीनपा–२ का वडाध्यक्ष उत्तम भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सामाजसेवी एरेले विगत लामो समयदेखि ट्रान्सफर्मेटिभ सोसाईटी अफ नेपाल नामक संस्थाको नेतृत्व समेत गर्दै आएकी छिन् ।

May be an image of 4 people

ताजा समाचार

सम्बन्धित समाचार