बैतडी बजार नजिक बेवारिसे शव फेला, प्रहरीले अनुसन्धान सुरु गरे

प्रकाशित:

बैतडी। बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका ८ स्थित आरुबाटा भीरमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

बिहान विद्यार्थीहरुले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी चौकी खोड्पेको टोली घटनास्थलमा खटिएको छ । शव भीरमा रहेकाले निकाल्न नसकिएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदय खडायतले बताउनुभयो ।

शव निकाल्नका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आइरहेको छ । उक्त शव कसको हो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार