काठमाडौँ । काठमाडौँको कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार घाइतेमध्ये हेटौँडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

गत बिहीबार मः म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भएको हो ।
अन्य ९ जनाको उपचार भइरहेको छ ।
