महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले नेपाली कांग्रेस कञ्चनपुरको पाटी कार्यालयमा स्वर्गीय अच्युत राज कलौनीको ४१ औं जन्मजयन्तीका अवसरमा दिप प्रज्वलन गरेको छ ।

कलौनी माघ १९ गते भीमदत्त नगरपालिकाको वडा नं. १८ को नजिकैको सडक पेटीमा मृत फेला परेका थिए ।

उनको स्वर्गारोहरण भएको छैटौं दिनमा परेको ४१ औं जन्मोत्सवमा नेविसंघ कञ्चनपरले विहिबार दीप प्रज्वलन गरेको हो । नेपाल विद्यार्थी सङ्घबाट राजनीति थालेका कलौनी पछिल्लो समय नेपाली कांग्रेसको भीमदत्त नगर सभापतिसँगै महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पनि थिए ।

नगर सभापतिको रहस्यमय मृत्युको घटना सार्वजनिक भएपछि कांग्रेस नेतासमेत रहेका गृहमन्त्री रमेश लेखक गृह जिल्ला कञ्चनपुर पुगेका थिए । गृहमन्त्रीलाई भेटेका मृतक कलौनी परिवारले उनको हत्या भएको भन्दै सत्य तथ्य छानबिनको माग गर्दे आएका छन् ।