कञ्चनपुर। बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सिगास गाउँपालिका–१ की १४ वर्षीय जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेका छन्।
जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसार सिगास गाउँपालिका–१ माडौँमा शनिबार बिहान सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट ७ सय मिटर तल खसेको थियो।
दुर्घटनामा परेर ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया हेमन्ती कुमारी धामी र १४ वर्षीया भागरथी धामी गम्भीर घाइते छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, जिप दुर्घटनामा हुँदा हाम फालेकी सिगास गाउँपालिका–१ कै १८ वर्षीया धना कुमारी धामी सामान्य घाइते छिन्।