भारतमा भएको रेल दुर्घटनामा परेर सुदूरपश्चिमका ५ जनाको मृत्यु

प्रकाशित:

काठमाडौँ। भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा मृत्यु भएका १३ मध्ये ४ जना नेपाली रहेको पुष्टि भएको छ ।जिल्ला अधिकारीका कार्यालय जलगाउँका अनुसार रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा येथे पारधाडे रेल्वेस्थान नजिक भएको दुर्घटनामा मृत्यु भएका १३ जनामध्ये ४ जना नेपाली भएको भारतीय सरकारले पुष्टि गरेको छ ।

महाराष्ट्रको जलगाउँ घटनास्थलमा रहेकी नेपाली पत्रकार ललिता मलाती सिंहका अनुसार अछामका मात्रै ४ जनाको मृत्यु भएको छ । भारत सरकारले औपचारिक जानकारी नदिएको भएता पनि आफू घटनास्थलमै भएको र ७ जना नेपालीको मृत्यु भएको उनले बताइन् । यसको आधिकारिक पुष्टि भने केहीबेरमा हुने उनले बताइन् ।

अछामको पञ्चदेवल विनायक नगपालिका– ४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा विक, उनका छोरा हिमु विक, कमलबजार नगरपालिका –४ चाल्साकी ६० वर्षिया जयकला विक रहेका छन् ।

त्यसैगरी मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका –६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी, मृत्यु हुनेमा नेपालको ठेगाना नखुलेकका राधेश्याम भाइ र लच्छीराम कन्नु पासवान रहेका छन् ।

सिंहका अनुसार नेपालका हृयुजला सावन्त, धर्मबहादुर सावन्त र दीपक थापाको विघ्नहर्ता अस्पताल पाचोरामा उपचार भइरहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार