धनगढीमा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक जारी

प्रकाशित:

काठमाडौँ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक कैलालीको धनगढीमा जारी छ।

शुक्रबार सुरु बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले जानकारी दिए।

उनका अनुसार माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ।

यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो।

बैठकको पहिलो दिन एमाले केन्द्रीय सचिव लेखराज भट्ट र स्थायी कमिटी सदस्य कर्णबहादुर थापा पनि सहभागी थिए।

ताजा समाचार

सम्बन्धित समाचार