कञ्चनपुर। युवा विद्यार्थीले महेन्द्रनगर स्थित मदन चोकमा रहेका २२ सटरका विषयमा भीमदत्त नगरपालिकाले गरेका निर्णय माग गरेका छन् ।
मंगलबार सूचनाको हक प्रयोग गर्दे युवा विद्यार्थी नेताहरुले नगरपालिकाको सर्बदलिय बैठकबाट गरिएको निर्णय उपलब्ध गराउन माग गरेका हुन् ।
भीमदत्त नगरपालिका–४ महेन्द्रनगर स्थित मदन चोकमा रहेका २२ सटरका विषयमा नगरपालिका सँग पटक पटक निर्णय माग गरिएपनि उपलब्ध नगराउदा निवेदन नै दिएको युवा नेता दिपेन्द्र सिह ऐरले बताए ।
उनका अनुसार ०८१ मंसिर २१ गते भीमदत्त नगरपालिकामा भएको सर्वदलिय पक्षीय बैठकबाट भएका निर्णयको प्रतिलिपी माग गरिएको छ ।