२५ जना न्यायाधीशको सरूवा सिफारिस

प्रकाशित:

काठमाडौं। न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरूको सरूवा सिफारिस गरेको छ।

परिषदले शुक्रबार उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना गरी २५ जना न्यायाधीशहरूको सरूवा सिफारिस गरेको हो।

उच्च अदालत पाटनमा रही विशेष अदालतमा काजमा काम गर्दै आएका न्यायाधीश खुसीप्रसाद थारूको उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा सरूवा भएको छ।

त्यस्तै काजमा राजस्व न्यायाधीकरण काठमाडौंमा रहेका न्यायाधीश रमेश ढकाललाई उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सरूवा सिफारिस भएको हो।

अहिले न्यायाधीकरणको कानुन सदस्य एवं अध्यक्ष पदमा न्यायाधीश ब्रजेश प्याकुरेललाई तोक्न पनि परिषदले परामर्श दिएको छ। उनी पाटनका न्यायाधीश हुन्।

विशेष अदालत काठमाडौंमा पाटनकै न्यायाधीश विदुर कोइरालालाई तोक्न पनि परामर्श दिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार