कञ्चनपुर। कैलालीमा लागुऔषध मुद्दामा थुनिएका व्यक्तिलाई थुनामुक्त गरिदिने भन्दै रकम लिने तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्क साउद रहेका छन्।
प्रहरीका अनुसार लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरीदिन्छु भनेर उनीहरुले थुनुवाका परिवारका सदस्यहरूबाट रकम लिएको खुलेको छ।
प्रहरीले उनीहरूको साथबाट ३९ हजार ५ सय भारतीय रूपैयाँ समेत बरामद गरेको छ।