खडक बोहरालाई सुदूरपश्चिम रोयल्सको कप्तान बनाउन चाहन्छन् दीपेन्द्र [भिडिओ]

प्रकाशित:

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल०को फ्रेन्चाइजी टिम सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले खडक बोहरालाई कप्तान बनाउन चाहेको बताएका छन्।

सुदूरपश्चिम रोयल्सको सामाजिक सञ्जालमा राखेको एक खेलमा सोधिएको प्रश्नमा उनले यस्तो बताएका हुन्। यो खेल टिमकी होस्टले कप्तान ऐरी र बलर अबिनास बोहरालाई सोधकी थिइन्।

बोहराले प्रश्नको जवाफ नदिई लेमन सट खाँदा कप्तान ऐरीले भने खडक बोहरालाई कप्तान बनाउन चाहेको बताएका हुन्। बोहराले रोहन मुस्तफाको नाम सुझाव दिँदा ऐरी मज्जैले हाँसेका थिए।

भिडिओ

खडक बोहरा सुदूरपश्चिम प्रदेशबाट घरेलु प्रतियोगिता खेल्छन्। यसका अलावा उनी एनपीएलको सुदूरपश्चिम रोयल्सका खेलाडीसमेत हुन्।

त्यसका अलावा उनीहरूलाई नेपालको सबैभन्दा अन्डररेटेड प्लेयरको बारेमा सोधिएको थियो। जवाफमा बोहराले कमलसिंह ऐरीको नाम लिए भने ऐरीले लेमन सट पिए। ओभर रेटेड खेलाडीको बारेमा सोध्दा दुवैले जवाफ दिन चाहेनन्।

साथै उनीहरूलाई जगत टमाटा र मोन्टी देसाइमध्ये को धेरै डरलाग्दो छन् भनेर सोधिएको थियो। जसको जवाफ दुवैले दिन सकेपछि लेमन सट पिएका थिए।

खेलपछि जिस्किरहने खेलाडीको नाम सोध्दा बोहराले कप्तान ऐरीको नाम लिँदा ऐरीले भने लामै समय लिए। अनि अन्तिममा बोहराकै नाम भने।

जारी एनपीएलमा भएका चार खेलमा सुदूरपश्चिमले तीन खेलमा विजयी हुँदा एक खेलमा पराजय भोगेको छ। आइतबार भएको चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिम ३३ रनले पराजित भएको हो।

त्यसअघि टोलीले विराटनगर किंग्स, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सलाई सुदूरपश्चिमले क्रमश: ९०, ७३ र ४५ रनले हराएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार