काठमाडौँ। फ्रान्सको सरकार ढलेको छ । बुधबार संसदबाट विश्वासको मत पाउन नसक्दा प्रधानमन्त्री मिसेल बर्निये नेतृत्वको सरकार ढलेको हो । सांसदहरूले भारी मतका साथ उनको विपक्षमा मतदान गरेपछि सरकार ढलेको हो ।
सन् १९६२ पछि फ्रान्समा पहिलोपटक अविश्वासको प्रस्तावका माध्यमले सरकार ढलेको हो । सोमबार उनीविरुद्ध दक्षिणपन्थी र वामपन्थी दल मिलेर अविश्वासको प्रस्ताव पेस गरेका थिए ।
प्रधानमन्त्री बर्नियेले मतदानबिना नै बजेट पारित गर्न विशेष शक्तिको उपयोग गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका थिए । बर्निये तीन महिना पहिले प्रधानमन्त्री बनेका थिए ।