दुई दिनमा साढे १८ हजार रूपैयाँ घटेको सुनको मूल्य बुधबार बढ्यो, कतिमा हुँदैछ किनबेच?

प्रकाशित:

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। सोमबार र मंगलबार घटेको सुनको मूल्य दुई दिनमा साढे १८ हजार रूपैयाँ घटेर बुधबार प्रतितोला ९०० रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको १ लाख ४८ हजार ७ सय रूपैयाँको तुलनामा ९०० रूपैयाँले वृद्धि भएको हो।

साथै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ८३० रूपैयाँ पुगेको छ, जुन मंगलबारको १ हजार ८२० रूपैयाँको तुलनामा १० रूपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस २,६४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार