कञ्चनपुर। बैतडीमा एक बालिकामाथि जबरजस्ती करणी उद्योग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मेलौली नगरपालिका–७ का २४ वर्षीय रोशन सिंह रावतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका १३ वर्षीय बालिकामाथि रावतले जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको हो ।
बालिकाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा रावतलाई पक्राउ गरी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको पाण्डेयले बताए ।
जिल्ला अदालत बैतडीबाट ६ दिनको म्याद थपेर रावत माथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।