बैतडीमा ६ सय ग्राहकको विद्युत् लाइन काट्ने तयारी, ८० लाख बक्यौता उठाउन बाँकी

प्रकाशित:

बैतडी । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले बक्यौता महसुल नतिर्ने करिब ६ सय ग्राहकको विद्युत् लाइन काट्ने निर्णय गरेको छ। प्राधिकरणका अनुसार, जिल्लामा रु ८० लाखभन्दा बढीको बक्यौता उठाउन बाँकी छ। ६० दिनभन्दा बढी समय नाघेका मिटर रिडिङ भएका ५७९ ग्राहकहरूको रकम असुल गर्न बाँकी रहेको बताइएको छ।
साथै, ८४ सरकारी कार्यालयबाट पनि रु १७ लाख बढी बक्यौता उठाउन बाँकी छ। त्यसमध्ये ५९ कार्यालय सदरमुकाममा र २५ कार्यालय पाटन क्षेत्रका छन्। अन्य ४९५ ग्राहकबाट रु ६३ लाखभन्दा बढी बक्यौता असुल गर्न बाँकी रहेको जनाइएको छ।
प्राधिकरणले ६० दिनभित्र महसुल नबुझाउने ग्राहकको लाइन काट्ने नीति अपनाएको छ, र यो वर्ष पनि लाइन काट्ने प्रक्रिया सुरु गरिएको छ। गत वर्ष पनि प्राधिकरणले समयमै महसुल नतिर्ने ग्राहकबाट रु ६४ लाख बक्यौता असुल गरेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार