कैलालीमा अनियन्त्रित भएर मोटरसाइकल पुलमा ठोक्किँदा चालकको मृत्यु

प्रकाशित:

कञ्चनपुर। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुधबार राति धनगढी उपमहानगरपालिका–७ बेलीपुरमा मोटरसाइकल दुर्घटना हुँदा कैलारी गाउँपालिका–७ रतनपुरका ३४ वर्षीय मनोज चौधरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलीपुलस्थित मुख्य सडकमा सु.प.प्र.०१–०११ प ७८९७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पुलमा ठोक्किँएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक चौधरीलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

ताजा समाचार

सम्बन्धित समाचार