भीमदत्त नगरबाट २ किलो चरेशसहित एक जना पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-५ सुकासालस्थित प्रगति टोलबाट लागू औषध चरेसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सोही ठाउँका ६० वर्षीय पियुठ बोहरा छन्।

लागू औषध नियन्त्रण ब्यूरो महेन्द्रनगर र मझगाउँ प्रहरी बिटको संयुक्त टोलीले बोहरालाई दुई किलोग्राम चरेसहित पक्राउ गरेको हो।

आफ्नै घरभित्र चरेस लुकाएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार