कञ्चनपुर। डडेलधुराको परशुराम नगरपालिका- ९ नौलामा मङ्गलबार दिउँसो यात्रुवाहक बोलेर जीप दुर्घटना भयो। दुर्घटनामा दुईजना महिलाले घटनास्थलमै ज्यान गुमाए। अन्य १० जना यात्रु घाइते भए।
दैजी जोगबुढा सडक खण्डमा पर्शुराम यातायातको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेको थियो।
परशुराम नगरपालिका- ११ सलेताकी ४० वर्षीया मोतिदेवी सार्की र आलिताल गाउँपालिका- ७ थलीकी ३८ वर्षीया धना देवी बुढाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परशुराम नगरपालिका-११ सलेता बस्ने बर्ष २८ की पुष्पा भट्ट, निजकै छोरा बर्ष ८ को अनुपम भट्ट, बर्ष ४ को कृष्ण भट्ट, बर्ष ५० की पार्वती धामी, बर्ष ३० को डम्बर धामी, बर्ष १९ को खेम राज भट्ट, बर्ष ४३ को अम्मर बहादुर सार्की, निजकै नाति बर्ष ६ को रमित सार्की, बर्ष ४४ की जानकी महरा र निजकै छोरी बर्ष १३ की प्रतिभा महरा घाइते भएका छन्।
जीप चालक परशुराम नगरपालिका- ११ एक्लेगडा बस्ने बर्ष २१ को भुपाल कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।