पतन्जली योग समिति कञ्चनपुरले पायो पुर्णता

प्रकाशित:

महेन्द्रनगर । योग र आयुर्वेदको प्रचार प्रसार गरि हरेक मानवको व्यक्तित्व बिकास संगै शारिरिक एवं मानसिक स्वस्थताका लागि कार्यशिल रहेको पतन्जली योग समिती कञ्चनपुरका नव निर्वाचित अध्यक्ष दया कृष्ण जोशीको अध्यक्षतामा बसेको पुर्ण बैठकले समितिका पदाधिकारी एवं सदस्यको चयन गरेको छ ।

पदाधिकारिहरुमा उपाध्यक्ष ई.धन सिङ बडाल तथा हरि रावल, महासचिव प्रेम सिंह भाट, सचिव ईश्वरी दत्त जोशी , सङ्गठन सचिव पवन पनेरु, प्रशिक्षण बिभाग प्रमुख केशव राज पन्त, सोसल मिडिया प्रमुख प्रेम सिंह ऎर चयन भएका छन ।

यसै गरि सल्लाहकारमा वरिष्ठ अधिवक्ता पुर्ण बहादुर चन्द, शिबराज जोशी, प्रकाश कलौनी मनोनयन हुनु भएको छ । अन्य प्रभारिहरुमा, गणेश देव भट्ट ईन्जनियरिङ्ग, श्याम राज बिष्ट सञ्चार, राधेश्याम भट्ट अतिथी सत्कार, पदम राज भट्ट जेल, गोपाल चन्द लेखा प्रभारी रहनु भएको छ ।

पतन्जली योग समितिका बर्ष गुरु गणेश चन्दको प्रमुख अतिथिमा सम्पन्न बैठकमा पतन्जली नेपालका केन्द्रीय सदस्य लव राज भट्ट महिला पतन्जली अध्यक्ष कमला पाण्डेय, प्रदेश सदस्य नारायण पन्त लगायतको सहभागीता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार