साइकलमै मेचीदेखि महाकाली

प्रकाशित:

कञ्चनपुर। मकवानपुरको हेटौडाका तीन जनाले मेची–महाकाली साइकल यात्रा गरेका छन्। जलवायु न्यायका लागि भन्दै उहाँहरुले मेची–महाकाली साइकल यात्रा गरेका हुन् ।

हेटौडाका ६९ वर्षीय कृष्णप्रसाद आचार्य, ५७ वर्षीय बरुण खतिवडा र ६२ वर्षीय पृथ्वीबहादुर रायमाझीले कार्तिक २४ गते सुरु गरेको साइकल यात्रा सोमबार सम्पन्न भएको छ । मेचीको काँकडभिट्टादेखि सुरु भएको साइकल यात्रा महाकालीको गड्डाचौकी पुगेर सम्पन्न भएको हो ।

जलवायु परिवर्तन भइरहेको वर्तमान अवस्थामा धुँवारहित सवारी साधनको प्रयोगमा बढवा दिनुपर्ने सन्देश दिने आफूहरुको उद्देश्य रहेको यात्री कृष्णप्रसाद आचार्यले बताए ।

‘चिन र भारत ठूला छिमेकी राष्ट्रमा अत्यधिक मात्रामा कार्बन उत्सर्जन भइरहेको छ, हावाको कुनै सीमा हुँदैन, त्यसको असर नेपालमा पनि परिरहेको छ’ यात्री आचार्यले भने, ‘त्यसैले जलवायु न्याय र स्वास्थ्यका लागि सबैको ध्यानाकर्षण गराउन साइकल यात्रा गरेका हौँ ।’

उनीहरु हिमालयन राइडर्स सोसाइटी मकवानपुरमा आबद्ध छन्। हिमालयन राइडर्स सोसाइटीम आबद्ध १३ जना यात्रीले गत वर्ष पनि जलवायु न्यायका लागि मेची–महाकाली साइकल यात्रा गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार