भीमदत्त नगरमा वडाध्यक्षको लागि १२ जनाको उम्मेदवारी, दुई जना स्वतन्त्र

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्क्षमा १२ जनाले उम्मेदवारी दिएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराए।

नेपाली कांग्रेसका प्रकाश चन्द, नेकपा एमालेका बहादुर चन्द, नेकपा माओवादी केन्द्रका नानाराम कोली, नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द र राप्रपाका सुशिल कुमार भट्टले उम्मेदवारी दिए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्ट, राप्रपा नेपालका दिलबहादुर धामी, नागरिक उन्मुक्ति पार्टीका हरिश डगौँरा, जनमत पार्टीका यादव बहादुर चन्द, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहरा, स्वतन्त्र युवराज चन्द र थानेश्वर लेखकले वडाध्यक्षमा उम्मेदवारी दिए।

भीमदत्त नगरपालिका–६ का अध्यक्ष महेन्द्र खड्का ०८० पुस २६ मा मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा महाकाली सिँचाइ नहरको सडकमा मृत भेटिए। त्यसपछि भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पद रिक्त छ।

ताजा समाचार

सम्बन्धित समाचार