कञ्चनपुर। बैतडीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
जिल्लाको दशरथचन्द नगरपालिका–९ लमौताका ३६ वर्षीय तारा दत्त जोशी र ४३ वर्षीय महेश दत्त जोशीलाई एक थान भरूवा बन्दुकसहित प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।
प्रहरी चौकी नागार्जुनबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।