काठमाडौँ। भारतको उत्तरप्रदेशस्थित झाँसीको एक अस्पतालमा भीषण आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको छ । आगलागीमा परी अन्य १६ शिशुको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् ।
अधिकारीहरूका अनुसार शुक्रबार राति करिब साढे १० बजेतिर झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो । आगलागी भइरहेकै समयमा ३७ जना शिशुको जिवितै उद्धार गरिएको थियो ।
विद्युत् शर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । भारतका राष्ट्रपति द्रोपदी मूर्मू र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले हृदयविदारक घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । विपक्षी दलका नेताहरूले सरकारको कडा आलोचना गरिरहेका छन् ।