कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाका विभिन्न स्थानबाट ४ लाख १३ हजार ४ सय २७ रुपैयाँको अवैध सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त– १० भन्सार कार्यालय नजिक र भीमदत्त नगरपालिका– ११ चौकीसत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलिगरि ल्याएका ४ लाख १३ हार ४ सय २७ रुपैयाँ बराबरको प्याज, चिनी, मिश्री, खानेतेल, मिठाई, चना, धनिया, बेशन, सुटपिस, ब्लाङ्केट, पाईप, सकेट, हार्डवेयर, किरानालगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।