कञ्चनपुर। २० वर्षमुनिको नेपाली राष्ट्रिय भलिबल टीमका क्याप्टेन अर्जुन नेपालीलाई भीमदत्त नगरपालिका वडा नम्बर १७ को कार्यालयले नगदसहित सम्मान गरेको छ।
श्रीलंकामा सम्पन्न २० वर्षमुनिको काभा पुरुषतर्फको अन्तराष्ट्रिय भलिबल प्रतियोगिता २०२४ मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई दोस्रो स्थान हासिल गराउन भूमिका खेलेका क्याप्टेन नेपालीलाई सम्मान गरिएको भीमदत्त नगरपालिका–१७ का अध्यक्ष पदमसिंह बुढाले बताए।
उनका अनुसार नेपालीलाई १० हजार नगद र सम्मान पत्र प्रदान गरिएको छ।