कञ्चनपुरमा लागुऔषधसहित समातिए मोहन

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा आगलागी लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ रतनपुरका २४ वर्षीय मोहनराज भट्ट छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले रतनपुरबाट भट्टलाई पक्राउ गरेको हो।

उनको साथबाट ३८ मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार