महेन्द्रनगर । गत २८ असोजदेखि १० कार्तिकसम्म कञ्चनपुरको गोबरैया गाँउमा संचालन भएको रामलीला महोत्सव सभ्य, भव्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
विगतका बर्षहरु भन्दा यस बर्ष रामलीला थप पुरस्कृत स्तरिय भएको आयोजक निङलाशैनी जगन्नाथ समितिले जनाएको हो । रामलीला समापन भएकै दोस्रो दिन पत्रकार सम्मेलन गर्दै आयोजकले रामलिलाको आयव्यय समेत सार्वजनिक गरेको छ ।
निङलाशैनी जगन्नाथ समितिका अध्यक्ष एव रामलीला महोत्सव समितिका संयोजक निरन्जन प्रशाद भट्टले गोबरैयामा संचालन भएको रामलीला सफतापुर्वक सम्पन्न भएको बताए । अध्यक्ष भट्टले दर्शकको खचाखच भिडका विच पनि शान्तिपूर्वक दर्नकले रामलिलाको अवलोकन गरेका छन । सबै क्षेत्रको सहयोग सद्भावबाट रामलिला सफल भएको उनको भनाई छ ।
निङलाशैनी जगन्नाथ समितिका कोषाध्यक्ष लोक बहादुर चन्दले आव्यव्ययको प्रतिवेदन प्रस्तुत गरेका छन । कोषाध्यक्ष चन्दले प्रस्तुत गरेको प्रतिवेदनमा भीमदत्त नगरपालिका २ लाख, भीनपा ६ वडा कार्यालय १ लाख, भीनपा १५ र १८ नम्बर वडाले ५०÷५० हजार सहित विभिन्न सरकारी गैर सरकारी निकायबाट १३ लाख, ९३ हजार ८५१ रुपैया बराबर आयव्यय भएको छ । खर्च घटाएर ३ लाख, ४२ हजार, ८७४ रुपैया बचत भएको छ ।
निङलाशैनी जगन्नाथ समितिका सदस्य एव ब्याख्यानकर्ता पदमराज भट्टले भगवान रामचन्द्रको जिवनमा आधारित रामलीला निकै महत्वपूर्ण भएको बताउँदै दर्शकले शान्तपुर्वक १४दिनसम्मै अवलोकन गरेको बताए । उनले नागरिकहरुले धार्मिक, साँस्कृतिक रुपमा अति मन पराएर अवलोकन गरेका छन ।
निङलाशैनी जगन्नाथ समितिका सह संयोजक एव कालाकार समेत रहेका भानदेव भट्टले गोबरैयामा संचालन भएको रामलीलाले आपसी सद्भाव भाईचाराको भावना जागृत गराएको बताए । उनका अनुसार कलाकारकै नाममा आएको पुरस्कार समेत वितरण गरिएको छ । सबैभन्दा बढी रामपात्रमा १४ हजार ८५१रुपैया आएको छ । सबै कलाकारको १लाख ५ हजार हाराहारीमा पुरस्कार आएको छ ।