लालझाडीमा हात्तीको आतङ्कले उखुबारीदेखि मानिसको ज्यान लिनेसम्म उधुम

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको लालझाडीमा जंगली हात्तीको त्रास मात्रै होईन आतङ्क मच्चाईरहेको छ । जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाँउपालिकामा जंगली हात्तीको त्रास मात्रै होईन आतङ्क मच्चाईरहेको हो । जंगली हात्तीले मानिसको ज्यान लिनेदेखि अन्नबालीमा रजाई गरिरहेको छ तर, देशका तीन सरकार छन, उनीहरु मुखर्दशक बनेका छन ।

केही दिन अघि मात्रै जंगली हात्तीको आक्र्रममा परेर रामदल रानाले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै बेलौरीमा समेत अर्का युवक चौधरीले ज्यान गुमाएका छन । गयराती मात्रै जगली हात्तीको बथानले लालझाडी गाँउपालिका ४पर्सियामा रहेको भृकुटी ईङलिस बोडिङ्ग स्कुलमा समेत क्षति गरेको छ । भृकुटी ईङलिस बोडिङ्ग स्कुलका प्रबन्ध निर्देशक भक्ता रानाले हात्तीले विद्यालयको ढोका तोडफोड गरिदिएको बताए ।

यसका साथै पर्सियाकै स्थानीय किसान चेतराम रानाको १ विगाह रिखीराज रानाको ४ विगाहको उखुखेती नष्ट गरिदिएको छ । लालझाडी स्थानीय करन रानाले लालझाडीमा हात्तीले निरन्तर मानिसदेखि अन्नबाली, भौतिक सरचनामा क्षति पु¥याउँदा समेत स्थानीय जनप्रतिनिधी सरकारले वास्ता नै नराखेको दुखेसो पोखेका छन । हात्तीको क्षति न्यूनिकरणका लागि स्थानीय सरकारले चासो दिनुपर्ने उनको भनाई छ।

 

ताजा समाचार

सम्बन्धित समाचार