कञ्चनपुर। कैलाली र कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

अछामको चौरपाटी गाउँपालिका–१ घर भइ हाल धनगढी बसपार्कस्थित प्रियंका होटेलका सञ्चालक ३६ वर्षीय विजय साउँद ३ ग्राम ३८० मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ परे।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंक बजारबाट पनि लागुऔषधसहित एक किशोरी पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–२ का १७ वर्षीय किशोरलाई १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो।