काठमाण्डु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरा दिने भएको छ ।सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा रास्वपाले आइतवार दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दैछ ।
कार्यबाहक प्रवक्ता मनिष झाले सरकारको गलत कदमको विरोधस्वरुप आजपनि प्रदर्शन जारी रहने बताए । सभापति लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै रास्वपाले यस विषयमा निष्पक्ष छानबिनको मागसहित गत शुक्रबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको हो ।