महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको संख्या बढेको छ । निकुञ्जको हिरापुर फाँटमा पाइने संरक्षित वन्यजन्तु कृष्णसारको संख्या बढेर दुई सय ९५ पुगेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले बताए ।
कृष्णसारको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यका साथ हिरापुरमा ५८.८ हेक्टर फाँटलाई तारबार गरेर कृष्णसारको बासस्थान क्षेत्र बनाइएको छ । झण्डै तीन सय बढी कृष्णसार पुगेकोमा १२ को मृत्युहुँदा दुई सय ९५ पुगेको ऐरले बताए ।
१२ वर्षअगाडि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो पटक ४२ वटा कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो । त्यसको तुलनामा अहिले शुक्लाफाँटामा सात गुणाले कृष्णसार बढेका छन् ।
सन् २०१२ मा हरियो वन कार्यक्रमको साझेदारीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सदर चिडियाखानाबाट छ र नेपालगञ्ज मिनी चिडियाखानाबाट २२ गरी पहिलो पटक २८ वटा कृष्णसार शुक्लाफाँटा पुर्याएको थियो ।
त्यसपछि २०१५ मा बर्दियाको खैरापुरबाट थप १४ वटा कृष्णसार शुक्लाफाँटामा स्थानान्तरण गरी सङ्ख्या ४२ पुर्याइएको थियो ।