कञ्चनपुरमा तरुण दलको स्थापना दिवसको अवसरमा रक्तदान

प्रकाशित:

महेन्द्रनगर । नेपाल तरुण दल कञ्चनपुरले ७२ औं स्थापना दिवसको अवसरमा रक्तदान गरेको छ । शनिबार नेपाली काग्रेसको भातृ संस्था नेपाल तरुण दलले ७२ औं स्थापना दिवस मनाएको हो । जिल्लामा स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पनन गरिएको अध्यक्ष महेश चन्दले बताए ।

नेपाल रेडक्रस सोसाईटी महेन्द्रनगर शाखामा तरुण दलमा आवद्ध दर्जनौं व्यक्तिहरुले रक्तदान गरेका छन् । जिल्लामा जो कोहिलाई पनि रगतको अभाव भएमा नेपाल तरुणदल कञ्चनपुरलाई सम्झिए रगतको उपलब्ध गर्न सकिने अध्यक्ष चन्दले बताए ।

२०१० कात्तिक १० गते कांग्रेसका तत्कालीन सभापति बीपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का थिए ।

त्यसपछि विसं २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री बीपीले तरुण दलको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राजा महेन्द्रले सेनाको बलमा प्रधानमन्त्री बीपीलगायत सबै नेतालाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि निस्क्रिय हुन पुगेको थियो ।

यद्यपि, विभिन्न नाममा युवा सङ्गठित हुँदै निरंकुश राजतन्त्रविरुद्ध आन्दोलनरत थिए । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार