रास्वपाले स्थगित गर्‍यो सडक प्रदर्शन

प्रकाशित:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शन स्थगित गरेको छ।

सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै गत शनिवारदेखि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले प्रदर्शन स्थगित गरेको हो।

रास्वपाले पोखराबाट सुरु गरेको विरोध प्रदर्शनलाई शुक्रवार काठमाडौंमा निरन्तरता दिएको थियो।

रास्वपाले अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए।

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा कार्तिक २ गते प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुईपटक म्याद थप गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार