बढैपुरमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते

प्रकाशित:

कैलाली। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । गौरीगंगा नगरपलिका– ८ बढैपुरको लिक्कमा पुल स्थित पुर्वबाट पश्चिमतर्फ आइरहेको से ५ प १३१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा–८ का २१ वर्षीय रोशन चौधरी, २७ वर्षीया रेनुका चौधरी, ३२ वर्षीया मिया चौधरी, ३५ वर्षीया मानमति चौधरी र ६ वर्षीय गौरव चौधरी घाइते भएका छन् ।

मोटरसाइकल चालक रोशन र रेनुकाको धनगढीमा रहेको नवजीवन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । अन्य तीन जनाको भने स्थानीय सौगात अस्पतालमा उपचार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार