‘अदालतले रवि लामिछानेलाई बुधबार छोड्छ’

प्रकाशित:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अदालतले रवि लामिछानेलाई बुधबार छोड्ने दाबी गरेका छन् । सोमबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

परियारले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको भन्दै बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छोड्ने बताए । उनले नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताए ।

परियारले सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको आरोप लगाए । उनले पोखरामा बाहिरबाट पार्टीका कार्यकर्ता नआएको बताए ।

उनले भने,‘अदालतप्रति रास्वपाको उच्च सम्मान छ । नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको छ । सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको छ ।’

परियारले सरकारविरुद्ध रवि लामिछानेलाई रिहाइ गर्ने आन्दोलनमा पोखरावासीको साथ आवश्यक रहेको बताए । उनले पोखरा सचेत नागरिक बस्ने ठाउँ भएकाले सरकारविरुद्ध रास्वपाको आन्दोलनमा साथ दिने आशा व्यक्त गरे ।

ताजा समाचार

सम्बन्धित समाचार