नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामाआठौँ चरणका खेल सम्पन्न, यी हुन् शीर्ष १० खेलाडी

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय स्तरका बुद्धिचाल प्रतियोगिताका नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा आठौ चरणका खेलहरु सम्पन्न भएका छन् ।

शनिबारबाट वेदकोट नगरपालिका–८, गैलनदीमा सुरु प्रतियोगिताको सोमबारसम्ममा आठौँ चरणका खेल सम्पन्न भएका चेस आर्बीटर विकास चन्दले बताए ।

उनका अनुसार एउटा चरणको खेल सकिन ३ देखि चार घण्टा समय लाग्ने गरेको छ । नोकोसको क्लासिकल खेल स्विस सिस्टम लिगमा आधारिक ६० मिनेट, प्लस ३० सेकेन्डप्रति चालको ९ राउण्डको हुनेछ ।

बैजनाथ माध्यामिक विद्यालय गैलनदीमा प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता खेलहरु सञ्चालन भएका छन् ।

यस प्रतियोगिताका नौ खेलमा उच्चतम अंक प्राप्त गर्ने खेलाडीलाई विजेता घोषणा गरिने छ । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ६९ जना खेलाडी सहभागिता रहेको छ ।

नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर्स एकेमेडीको आयोजना तथा वेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन भईरहेको छ।

यी हुन् शीर्ष १० खेलाडी
प्रतियोगितामा टप टेन खेलाडीलाई विभिन्न विधामा पुरस्कृत गरिनेछ । आठौँ चरणको खेल भईसक्दा सम्म दुई खेलाडीले ६ खेल जितेका छन् । जसमा राजन सुवेदी र क्षितिज भण्डारी रहेका छन् ।

त्यस्तै शिर्ष १० मा रुपेश जैसवाल, कृष्ण थापा, प्रकास चन्द्र नेपाल, पुरुस्तोम सिलवाल, धिरेन राई,, तिर्थ बहादुर बिक, सुरत दहाल, टेकेन्द्र राज पाठक, सरोज महर्जन र दिर्घराज जोशी रहेका छन् ।

त्यस्तै सात खेलाडीले हालसम्म पाँच खेल र १५ खेलाडीले चार खेलमा जित हात पारेका छन् । नेकोस फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका अन्तिम तीन चरण खेल भोलि सम्पन्न हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार