अरिङ्गालको टोकाईबाट दुई जनाको मृत्यु

प्रकाशित:

बाजुरा। बाजुरामा अरिङ्गालको टोकाईबाट दुई जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम आइतबार राति मृत्यु भएको छ । भने अर्का एक जनाको असोज २५ गते अरिङ्गालले टोकेकै दिन घटनास्थलमै मृत्यु भएको थियो । आइतबार घाइते बडीमालिका५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए । असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनि गम्भीर घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो ।

सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार