कञ्चनपुरमा राहत शिक्षक समितिको अध्यक्षमा सिंह निर्वाचित

प्रकाशित:

कञ्चनपुर । नेपाल राहत शिक्षक समिति कञ्चनपुर छैटौं अधिवेशनबाट बिरेन्द्र बहादुर सिंह सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा सम्पन्न भएको राहत शिक्षक समिति कञ्चनपुरको छैटौं अधिवेशनबाट अध्यक्षमा सिंह निर्वाचित भएका हुन् ।

सह–अध्यक्षहरु ज्योती जोशी, सर्वजित बुढा, तोयराज जोशी, नवराज जोशी चयन भएका छन । त्यस्तै बरिष्ठ उपाध्यक्षमा डबल बहादुर शाह, उपाध्यक्ष नाथ बहादुर बुढा, काली नेपाली, सचिवमा भोजराज भट्ट, सह सचिव रामदत्त विष्ट, दिपकराज भट्ट र बिमला बम, कोषाध्यक्ष अभयराज जोशी सर्वसम्मत चयन भएका हुन् ।

सदस्यमा बिमला भट्ट, पार्वती जोशी, ओकिल बहादुर बस्नेत, विष्णू प्रशाद बोकटी, शम्भु प्रशाद अवस्थी, जगदिश भट्ट, मोहनदेव पन्त रहेका छन ।

जिल्ला निवर्तमान अध्यक्ष लवदेवको अध्यक्षताा भएको कार्यक्रमको नेपाल राहत शिक्षक केन्द्रीय समितिका बरिष्ठ सह–अध्यक्ष नविनसिंह धामीको प्रमुख आथित्यमा भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार